‘नदी तर्न सजिलाे हुने भयाे’

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका १३ गाईघाट र लेकवेशी नगरपालिका ७ कुइनेलाई भेरी नदी झोलुङ्गे पुलले जोडिएको छ । रोटीबेटीको सम्बन्ध रहेका यी गाउँहरुबीच दुरी नजिक भएपनि पुल नबन्दा दुरी टाढा भएको थियो । ‘अब माइत जान नजिक पर्ने भयो ।’ स्थानीय महिलाले हर्षित हुँदै भनिन् ।
लेकवेसी नगरपालिका ७ का स्थानीय मानबहादुर बुढाले दैनिक उपभोग्य सामान किनमेल गर्न समेत सहज भएको बताए । ‘दुई घण्टा बढी समय लाग्थ्यो बजार पुग्न । पुल भेट्न कम्तिमा एक घण्टा हिड्नपथ्र्यो । अब पुल बनेपछि आधा घण्टामै बजार पुगिन्छ ।’ उनले भने, ‘विरामी हुँदा पनि नजिकै एम्बुलेन्स आउछ । पुलबाट तारेर लैजान्छौुं यहाँका बालबालिकालाई पनि माध्यामिक शिक्षाका लागि विद्यालय पुग्न सहज हुने विश्वास लगिएको छ ।

भेरी पारीबाट घाँस दाउरा लगायतका काम गर्न पनि सहज भएको स्थानीय डिल्ली विकले बताए । लेकवेसी नगरपालिकाका मात्रै करिब पाँच सय घरधुरी लाभान्वित भएका छन् । भेरीगंगाका दुई र लेकवेसीका तीन गरी पाँच गाउँ लाभान्वित भएको छन् ।
पुल नहुँदा ट्युवबाट वारपार गर्नुपर्ने भएकोले मानवीय क्षती समेत हुनेगरेकोमा अब सहज हुने स्थानीयको भनाई थियो । टुडेबाट सामान्य विरामी पर्दा बजार पुग्न कम्तिमा दुई घण्टा समय खेर जान्थ्यो । अब पुल बनेपछि कम्तिमा आधा घण्टा सहज भएको स्थानीय पृथ्वीबहादुर बुढाक्षेत्रीले बताए ।
शहरी विकास मन्त्रालय अन्र्तगत स्थानीय पूर्वाधार विभागको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतले उक्त पुल निर्माण गरेको हो । पुलको मंगलबार मन्त्रालयका सचिव सुरेश आचार्यले मंगलबार औपचारिक उद्घाटन गरेका छन् ।
‘डि टाइपु मा निर्माण गरिएको उक्त पुल एक सय ८० मिटर लम्बाई छ । यसका लागि एक करोड ५८ लाख ६१ हजार सात सय ४९ रुपैँया लागत अनुमान गरिएकोमा ९० लाख ४० हजार रुपिँयामा पुल निर्माण सम्पन्न भएको कार्यालय प्रमुख सिनियर डिभिजनल ईन्जिनियर पुन्यराम सुलुले जानकारी दिए ।
२०७९ साल भदौं ६ गते पुल निर्माणको सम्झौता गरेको हिमशिखर कन्स्ट्रक्सन सेवाले २०८० साल फागुन ५ गते सम्पन्न गर्नुपर्ने …