कोलाहलमा पढिरहेका विद्यार्थी

सुर्खेत । वीरेन्द्रनगरमा दोस्रो राष्ट्रिय महोत्सव सञ्चालन भैरहेको छ । माघ २० गतेदेखि सुरु भएको महोत्सव आफ्नै रफ्तारमा चलिरहेको छ । महोत्सवको बाहिरी गुञ्जनले नजिकैको विद्यालय भने प्रभावित भैरहेको छ ।
महोत्सव स्थल नजिकै श्री बालमन्दिर प्राथमिक विद्यालय छ । महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर पु¥याएको उनिहरु बताउछन् ।

शान्त, स्वच्छ वातावरणमा पढ्न पाउने बालबालिकाको हक अधिकारलाई बर्खिलाप हुनेगरी महोत्सव सञ्चालन भैरहँदा नियामक निकाय भने बेमतलव छ । उसो त सोही स्थानमै महोत्सव सञ्चालन गर्न वीरेन्द्रनगर नगरपालिकाले स्वीकृति प्रदान गरेको हो । यसले गर्दा वीरेन्द्रनगर नगरपालिका कार्यालयले नै बालबालिकालाई शान्तमय वातावरणमा पढ्नबाट बञ्चित गरेको देखिन्छ ।
वीरेन्द्रनगरको गुरुयोजना अनुसार सो क्षेत्र महोत्सव सञ्चालनका लागि वर्गीकरण भएको होइन । महोत्सव लगायतका बृहत कार्यक्रम सञ्चालन गर्न खुलामञ्चलाई सार्वजनिक कार्यक्रम स्थलका रुपमा वर्गीकरण गरिएको छ । तथापी, खुल्लामञ्चलाई बन्द राखी त्यसबाहिर महोत्सव सञ्चालन भैरहेको छ । यसले गर्दा विद्यालयको पढाईमा असर पु¥याएको छ भने नगरपालिका आफै पनि महोत्सवको आवाजबाट मुक्त भने छैन ।
‘सरले पढाईरहेका बेला बाहिरको गीत सुनेर साथीहरु नाँच्दिन्छन् । पढाई निकै डिस्टर्व भएको छ ।’ विद्यार्थीले दुःखेसो गर्दै भने, ‘महोत्सवको यो ठूलो आवाज बन्द गरिनुपर्छ ।’
महोत्सवको आवाजले कक्षाकोठामा पढाउन कठिन भैरहेको शिक्षकको भनाई छ ।
यो स्थानमा महोत्सव सञ्चालन नगर्न नगरपालिका कार्यालयसँग अनुरोध गरेपनि सुनुवाई नभएको विद्यालयका प्रधानाध्यापक महेन्द्र विक्रम जिसीले बताए । ‘अहिले विद्यार्थी पढ्न आउने संख्या पनि घटेको छ । माईकको ठूलो आवाज सुनिदा विद्यार्थी बाहिर निस्किन खोज्छन् ।’ प्रअ जिसीले भने, ‘यसको विकल्पका रुपमा नगरपालिका कार्यालयको ध्यानाकर्षण हुन जरुरी छ ।’