सुर्खेत । कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालयको भागवण्डाको सहमति भएको छ । मंगलबार बसेको गठबन्धनको बैठकले कुन मन्त्रालय कुन दलले लिने भन्ने विषयमा छलफल गरेको थियो ।
जस अनुसार नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिने सहमति भएको छ ।
यस्तै एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको बैठकमा सहभागी माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जनाए ।
उनका अनुसार अब बुधबार साँझसम्म मन्त्रिमण्डलले पूर्णता पाउने छ ।
८ सदस्यीय मन्त्रिमण्डललाई घटाएर सोमबार ७ सदस्यीय मन्त्रिमण्डल बनाइएको छ । यसअघि ३÷३ मन्त्रालय लिने सहमति भएपनि कुन मन्त्रालय कुन दलले लिने भन्ने बारेमा कुरा मिलेको थिएन ।