सुर्खेत। कर्णाली प्रदेशको सभामुख पदमा नन्दा गुरुङ निर्वाचित भएकी छन् । आईतबार भएको मतदानबाट संसदको २४ मत प्राप्त गरी सभामुखमा गुरुङ निर्वाचित भएको सभाध्यक्ष हिक्मत विष्टले घोषणा गरे ।
उनि कर्णालीकाे पहिलाे महिला सभामुख समेत बन्न सफल भएकी छन् ।
नेकपा एमालेकी गुरुङलाई सत्तारुढ गठबन्धन दल नेकपा माओवादी केन्द्र, राप्रपाको समर्थन रहेको थियो । उनको प्रस्तावक एमाले संसदीय दलका नेता यामलाल कँडेल र मुख्यमन्त्री राजकुमार शर्मा समर्थक थिए ।
४० सदस्यीय संसदमा आज मतदान प्रक्रियामा ३८ जनाको सहभागीता रहेको थियो । जसमध्ये सभामुख पदका अर्का उम्मेदवार कांग्रेसका खड्गबहादुर पोखरेलको पक्षमा १४ मत र गुरुङको पक्षमो २४ मत खसेको थियो ।
नेकपा एकीकृत समाजवादीको काँग्रेस उम्मेदवार पोख्रेल लाई समर्थन थियो ।