सुर्खेत । पत्रकारीताको मर्यादामाथी गम्भिर चिन्तन हुन राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह गरेकी छन्। सुर्खेतमा आयोजित नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताईन ।
उनले पत्रकारीतालाई स्वच्छ, निश्पक्ष, मर्यादीत र विश्वसनीयतामा गम्भीर चिन्तन हुन आग्रह गरिन ।
अधिवेशनका उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा निरंकुश राजतन्त्रको अन्त्य र प्रजातन्त्र स्थापनामा पत्रकारको योगदान रहेको रहेको बताईन ।
उहाँले मुलुकको प्रणालीले राम्रोसंग काम गर्न नसके प्रजातन्त्रको औचित्य नहुने भन्दै राज्यका निकायले जनताको सुरक्षाको ग्यारेण्टी गरिनुपर्ने बताइन ।
राज्यले सबैलाई समान अवसर देओस् भन्ने जनताको चाहना रहेकाले सरकार त्यसतर्फ ध्यान केन्द्रीत हुन राष्ट्रपति भण्डारीले आग्रह गरिन ।
‘जनताको अपेक्षा पूरा नहुँदा राज्यप्रति असन्तुष्टी प्रस्तुत भैरहेको छन् ।’ राष्ट्रपति भण्डारीले भनिन, ‘हामीले जिम्मेवार बन्नु पर्ने छ । शासनशैली सुधार गर्नु छ । राज्यको चौथो अंगको रूपमा रहेको सञ्चार माध्यम पनि उतिकै भूमिकामा रहनुपर्छ ।’
उनले डिजिटल प्रविधिको उच्चतम् प्रयोगसँगै सामाजिक सञ्जालले पत्रकारितालाई छायाँमा पार्न खोजेको बताएइन।
पत्रकारीता लोकतन्त्रको अपरिहार्य शब्द भएकोले यसले नागरिकको सूचनाको हक प्र्रत्याभुत गराउन र प्रेस स्वतन्त्रतालाई पुर्ण कार्यान्वयनमा अग्रसर हुनुपर्ने बताईन।