काठमाडाैं। नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फको समानुपातिक सांसद टुंगो लगाएको छ । शनिबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले समानुपातिक सांसद टुंगो लगाएको हो । उनका अनुसार समानुपातिकतर्फ सांसद बन्ने तीन पुरुषमा दलितबाट जीवन परियार, मधेसीबाट विमलेन्द्र निधि र खसआर्यबाट प्रकाशरण महत चयन भएका छन् ।
‘कार्यसम्पादन समितिमा टुंगो लाग्न नसकेपछि पदाधिकारी बैठकले टुंगो लगायो । पुरुष तीन जनामा जीवन परियार, विमलेन्द्र निधि र प्रकाशरण महत चयन भए,’ उनले भने ।
देउवालाई गोपालमान श्रेष्ठ र फरमुल्लाह मन्सुरले पनि समानुपातिक सांसद बनाउन दबाब दिएका थिए । उनले निधि र महतलाई छनौट गर्दा मन्सुर र चौधरी छुटेका छन् ।
नेपाली कांग्रेसले समानुपातिकतर्फ ३२ सिट पाएको थियो । संघीय संसदमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पु¥याउनुपर्ने बाध्यकारी प्रावधान छ । प्रत्यक्षतर्फ १ जना महिला निर्वाचित भएको र राष्ट्रिय सभा २ जना रहेका कारण कांग्रेसले समानुपातिकतर्फ २९ जना महिलालाई पठाउनुपर्ने भएको हो ।
प्रतिनिधिसभामा समानुपातिकतर्फबाट सांसद हुने महिलाहरूमा प्रधानमन्त्री पत्नी आरजु देउवा राणा र गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जु खाण छन् ।
यस्तै खस आर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावलल चयन भएका छन् । यता, आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी लिम्बु, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठको नाम आयोगमा पठाइएको छ ।
दलितबाट शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक चयन भएका छन् ।
मधेशीतर्फ नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डलको नामा आयोगमा पठाएको छ भने मुस्लिमबाट जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत सांसद चयन भएका छन् ।