सुर्खेत । ‘शुन्यको मूल्य: सास, साहस र स्नेहको कथा’ पुस्तक सार्वजनिक भएको छ । समाजसेवी एवम् बालरोग विशेषज्ञ डाक्टर नवराज केसीद्वारा लेखिएको उक्त किताब शनिबार सार्वजनिक गरिएको हो ।
पुस्तक सार्वजनिक कार्यक्रममा लेखकहरु म्यागी डोयन, अन्बिका गिरी र राधा पौडेल लगायतका पुस्तक लेखक लगायतका अन्य व्यक्तित्वहरुको सहभागितामा पुस्तक सार्वजनिक गरिएको थियो ।
लेखक राधा पौडेलले शुन्य आफैमा पहिचान भएको बताईन् । पुस्तकमा मानबता खोज्नुको पहिचान । मर्यादाको अनुसन्धान गरिएको छ । ‘करीब ४ सय बर्ष देखि पैतालाको धुलो सरी राज्यले, नीजी संसाधनले अनि खबरदारी गर्ने नागरिक समाजले बेनाम बनाएको, अस्तित्वहीन बनाएको, जुर्मुराउन नदिएको, धर्म, सस्कृति, सस्कार, चलन, प्रथा, दासत्वका नाममा गाजेर रहेको महिला माथिको शोषण, प्रत्याडाना बिरुदकोलागि यो पुस्तक १० रेक्टरको भूकम्पको कम्पन हो ।’ पुस्तकमाथीको चर्चा गर्दै पौडेलले भनिन्, ‘महिला माथिको शासन महिलाहरु आफैले भत्काउन नेतृत्व गर्ने, पितृसत्तालाई बिना हतियार टुक्रा टुक्रा गरिएको महाअभियानको दस्ताबेजिकरण हो यो किताब । बास्तबमा यो अभियान हो । अभियानको बुलन्द आबाज हो । १६ दिने लैगिक हिंसा बिरुदको अभियानको एक हिस्सा हो ।’
पौडेलले शुन्यको मूल्य पुस्तकमा विश्वबिद्यालयका डिग्रि धारी, राजनेताको पगरी वाला नेताहरु, बिकासका नाममा पुरातन, परम्परालाई पहिचानका रुपमा वकालत गरि हिड्ने, आफ्नो जरालाई वा अस्तित्वलाई बिर्सने, आफ्नो आमाको आफैले हिंसा गरेर गौरब गर्न लालायित पुरुषहरुको झुण्डलाई बलियो चड्कन दिएको बताईन् ।
जन्मिनु वा जन्माउनु महिलाको फगत एक अनिबार्य काम हो जसरी बाउले दिनभर गीटि कुटेर एक छाकको जोरजाम गर्छ भनेर पारम्पारिक तबरले सोच्नेहरुको लागि यो किताबले बलियो प्रहार गरेको पौडेलले बताईन् । ‘एउटी दिदीले आफ्नो भाइलाई, एउटा फुपूले आफ्नो भदालाई, एउटा अबिबाहित आमाले रगतको नाता नै नभएको बच्चालाई, मातृ वात्सल्यको सागरले नै सिंचित गर्न सक्ने बलियो प्रमाण पेश गरेको छ । यसरी मातृत्व, बिबाह भन्ने संस्था माथि प्रश्न गरेको छ ।’ उनले भनिन्, ‘अर्कोतिर आफ्ना खुट्टा लागेपछि आफ्नो माटो र मातृत्व बिर्सने भाइ, बहिनि, भदा भदिनी, छोराछोरीहरुलाई यो पुस्तकले नजानिदो पाराले सचेत गराएको छ । जीम्मेवारी बोध गराएको छ ।’
सांग्रीला बुक्सको प्रकाशनमा पुस्तक लेखिएको हो । पुस्तक सार्वजनिक भएसँगै अब बजारमा विक्रि वितरणमा राखिएको जनाईएको छ । पुस्तकको मूल्य पाँच सय राखिएको छ ।