काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई कारबाही गर्न निर्वाचन क्षेत्रबाटै प्रमाण जुटाउन थालेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालसहित १२ उम्मेदवारका बारेमा प्रमाण जुटाउन आयोगले सोमबार मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।
आचारसंहिता उल्लंघनको उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणमा उम्मेदवारले आचारसंहिता उल्लंघन गरेको अस्वीकार गरेपछि आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाटै प्रतिवेदन मागेर कारबाहीका लागि प्रमाण जुटाउन थालेको हो ।