सुर्खेत। सुर्खेत जिल्लाको साविक घुमखहरे गा.वि.स.का तत्कालीन गा.वि.स. सचिब खड्क बहादुर रोकाया र देवीलाल सुनार, प्राविधिक सहायक तथा उपभोक्ता समितिका अध्यक्षसमेत ४ जना उपर भ्रष्टाचारको मुद्धा दर्ता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार सार्वजनिक सम्पत्ति हिनामिना एवं गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र विशेष अदालतमा दायर गरेको हो।
जिल्ला सुर्खेत, साविक घुमखहरे गा. वि. स. वडा नं. ९ हाल गुर्भाकोट न.पा. वडा नं. १० स्थित लामिताले मोटर सिंचाई आयोजनाको उपभोक्ता समितिको अध्यक्ष लगायतले मोटर सिंचाईको लागि आएको रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान भएको थियो।
अनुसन्धान हुँदा लामिताले मोटर (लिफ्ट) सिंचाई आयोजनाको लागि आ.व. २०६४/०६५ देखि २०६८/०६९ सम्म उक्त योजनामा खर्च भएको चार लाख ३८ हजार पाँच सय रूपैयाँ कार्य सम्पन्न नगरी झुट्टा बिल भरपाई बनाई भुक्तानी लिने दिने कार्य गरिएको थियो।
सिंचाईको कुलो निर्माणसमेत नगरी नगरे नभएको कामबापत भुक्तानी लिएबाट निम्न प्रतिवादीहरु उपर देहाय बमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।