सुर्खेत। नेपाली काँग्रेसका केन्द्रीय सदस्यीय संजय गौतमले गठबनधनलाई सार्थक बनाउन र नेपाली काँग्रेसको नेतृत्वमा स्थिर सरकार निर्माण गर्न गठबन्धनलाई सार्थक बनाउनुको विकल्प नभएको बताएका छन्।
सुर्खेत काँग्रेसको विवाद मिलाउने कार्यभार सहित सुर्खेत आएका काँग्रेस केन्द्रीय सदस्य गौतमले स्थानीय तहको निर्वाचनमा भएका कमीकमजोरीलाई सुधार गर्दैअघि बढनुपर्नेमा जोड दिए।
विगतका आ–आफ्नो कमजोरीलाई समीक्षा गरेर आगामी निर्वाचनमा काँग्रेसलाइ एक ढिक्का बनाएर जान आवश्यक छ ।’ नेपालप्रेस युनियन सुर्खेतले गरेको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै उनले भने, ‘सुर्खेतका शीर्ष नेतालाई एकै मञ्चमा बसाल्ने, एकै घरमा बसाउने गरि हामी अघि बढेका छौं । त्यसकालागि कार्यकर्ताले समेत नेताहरुलाई दवाव दिन आवश्यक छ ।’
उनले बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा गाभ्न जरुरी रहेको बताए । ‘ताराताल देखि राराताल जोडनुपर्छ भनेर मैले सुरु देखि नै भन्दै आएको छु ।’ उनले भने, ‘तत्काल नभएपनि एक दुइ दशमा यो अभियानले सार्थकता पाउनेमा म आशावादी छु ।’
नेपाली काँग्रेस सुर्खेतमा निवर्तमान सभापति कमलराज रेग्मीले नेतृत्व तहमा रहेका जिम्मेवार नेताहरुले कार्यकर्तालाई सम्हालेर लैजानुपर्ने धारणा राखे ।
नेपाली काँग्रेसका जिल्ला सचिव देवकुमार सुवेदीले स्थानीय तहमा भएका कमीकमजोरीलाई स्वीकार्दै ती कमजोरीलाई सच्याउँदै अघि बढनुको विकल्प नभएको बताए ।
त्यसका लागि आफूले आफैंबाट सुधार अभियान सुरु गरेको उनको प्रष्टोक्ति थियो ।