सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान अयोगको सुर्खेतस्थित कार्यालयले शुक्रबार तीन हजार घुस रिसवत वापतको रकम सहित दुई जनालाई नियन्त्रणमा लिएको छ। यातायात व्यवस्था कार्यालय सुर्खेतमा कार्यरत मेकानिकल ईन्जिनियर दिपक बम र सेवाग्राहीका तर्फबाट विचौलिया नीरकबहादुर शाहीलाई घुसरकम सहित पक्राउ गरिएको अख्तियारले जनाएको छ।
अख्तियारले दिएको जानकारी अनुसार ईन्जिनियर बमले सेवाग्राहीसँग मिनिबसको विलबुक नविकरण, जाँचपास नविकरण र रुटपर्मिट नविकरण गरिदिनको लागि घुस रिसवत मागेका थिए।
विचौलिया शाहीले मेकानिकल ईन्जिनियर बमलाई यातायात कार्यालय परिसरभित्र घुस वापतको रकम दिईसकेको अवस्थामा उक्त रकम सहित दुबै जनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ।