सुर्खेत। कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकास मन्त्रालयले फोहोरबाट विद्युत निकाल्न प्राविधि जडान गर्ने जनाएकाे छ। बढ्दो सहरीकरणबाट उत्पन्न फाेहाेरबाट विद्युत उत्पादन गर्ने उद्देश्यसहित प्राविधि जडान गर्न लागेको हाे।
फोहोरबाट उर्जा निकाल्न आर्थिक वर्ष २०७९/८० मा २० लाख बजेट विनियाेजन गरिएकाे छ। विनियाेजित बजेटलाइ कार्यान्वयन चरणमा लिने प्रकृया अघि बढेकाे जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए।
कर्णालीमा यो पहिलो अभ्यासका रुपमा लिइएकाे छ।
पीपीपी मोडलमा सौर्य प्राविधि जडान कार्य समेत गर्न लागिएको मन्त्रालयले जनाएकाे छ। विद्युतको बढ्दो माग र १३२ केभी प्रशारण लाइन निर्माण कार्य पूरा नभएकाले विभिन्न वैकल्पिक रुपमा विद्युत उत्पादन गरी जनतालाई उज्यालो उपलब्ध गराउने अभियानलाइ तिव्रता दिइएको मन्त्रालयको भनाइ छ ।
यसबाट वातावरण प्रदुषण हुनबाट जोगाउनका लागि समेत सघाउन पुग्ने अपेक्षा गरिएकाे छ।