जनमाविबाट २ लाख ७६ हजार रूपैयाँ अख्तियारको नियन्त्रणमा

सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयले वीरेन्द्रनगरमा सञ्चालित जन नमुना माध्यामिक विद्यालयबाट २ लाख ७६ हजार ६९० रुपैयाँ नियन्त्रणमा लिएको छ। अख्तियारकाे आज खटि गएकाे टाेलीले विद्यालयका कायार्लय सहायक र सूचना सहायककाे टेवुलकाे घर्रा र दराजबाट रकम नियन्त्रणमा लिएकाे हाे।
साउन २६ गते प्रकाशित कक्षा ११ काे प्रवेश परीक्षाकाे नतिजामा उतीर्ण विद्यार्थीहरूबाट उच्च अदालत सुर्खेतकाे २०७८ मंसिर ८ गतेकाे परमादेश र २०७९ जेठ २३ गतेकाे अन्तरिम आदेश विपरित विद्यार्थी भर्ना गर्दा रकम असुल गरी बील समेत नदिएकाे उजुरी आयाेगकाे कार्यालयमा परेकाे थियाे। साेही उजुरी निवेदनका आधारमा आयाेगकाे कार्यालयबाट खटि गएकाे टाेलीले रकम नियन्त्रणमा लिएकाे सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए।

विना रसिद विभिन्न विद्यार्थीहरूबाट लिइएकाे २ लाख ७६ हजार ६९० रूपैयाँ र साे सम्बन्धि सम्पूर्ण कागजात नियन्त्रणमा लिइ आवश्यक कारबाहीकाे प्रकृया अगाडी बढाइएकाे सूचना अधिकारी रिजालले जनाए। उनका अनुसार विना रसिद शुल्क असुल गरेकाे भन्ने व्यहाेराकाे यस्तै प्रकृतिकाे अन्य विद्यालयहरूकाे उजुरी उपर समेत छानबिन भैरहेकाे छ।