सुर्खेत। कोभिड–१९ को संक्रमण दर बढ्दै गएपछि कर्णाली प्रदेशमा आवश्यक सावधानीका लागि तयारी थालिएको छ। मुख्यमन्त्री जीवनबहादुर शाहीको संयोजकत्वमा गठित प्रदेशस्तरीय निर्देशक समितिले आवशयक तयारी गर्न निर्देशन दिएको हो।
समितिको बिहिबार बसेको बैठकले चाडपर्व लक्षित भिडभाडलाई कम गर्न र जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमिा पालना गराउनका लागि सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह मार्फत निरन्तर अनुगमन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ।
याे पनिः कर्णालीमा बढ्दै काेराेना संक्रमण दर
बैठकले कोभिड–१९ संक्रमणबाट गम्भिर विरामीलाई अस्पतालमा प्रेषण गरी उपचार गर्नुपर्ने अवस्था आउनसक्ने भएकोले हब अस्पताल (कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेत समेत), जिल्ला अस्पताल, आधारभुत अस्पताल लगायतका स्वास्थ्य संस्थालाई विरामीको उपचारका लागि अत्यावश्क जनशक्ति, उपकरण तथा अन्य औषधीजन्य र सुरक्षा सामाग्रीको व्यवस्थापन गरी तयारी अवस्थामा रहन निर्देशन दिने निर्णय समेत गरेको छ।
हेरौं अन्य निर्णयहरु समेतः