एजेन्सी। अमेरिकी ड्रोन हमलामा अल-कायदाका नेता अयमान अल जवाहिरी अफगानिस्तानमा मारिएका छन्।
अमेरिकी गुप्तचर संस्था सीआईएको प्रतिआतङ्कवाद कारबाहीमा आइतबार अफगानिस्तानको राजधानी काबुलमा उनी मारिएको अमेरिकी राष्ट्रपति जो बाइडनले पुष्टि गरेका छन्।
बिबिसीका अनुसार बाइडनले जवाहिरीले अमेरिकी नागरिकहरू विरुद्ध हत्या र हिंसाको गोरेटो कोरेको आरोप लगाएका छन्। उनले अब न्याय मिलेको भन्दै आतङ्कवादी नेता जवाहिरी जीवित नरहेको बताएका हुन्।
घरको कौसीमा बसिरहेका जवाहिरीमाथि ड्रोनले दुई वटा क्षेप्यास्त्र प्रहार गरेको थियो।