काठमाडौं। नेपाल आयल निगमलाई इन्धनको मूल्य घटेर प्राप्त भएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)बाट सोमबार प्राप्त नयाँ मूल्यअनुसार पेट्रोल र हवाई इन्धनको मूल्यमा निगम नाफामा गएको छ। तर, डिजेल र खाना पकाउने ग्याँसमा अझै घाटा रहेको छ।
नयाँ मूल्यअनुसार पहिले भन्दा पेट्रोलमा प्रतिलिटरमै १६ रुपैयाँ घटेर मूल्य प्राप्त भएको छ। यस्तै डिजेलमा १२ रुपैयाँ र हवाई इन्धनमा ९ रुपैयाँ प्रतिलिटर मूल्य घटेको छ। खाना पकाउने एलपीजी ग्याँसको प्रतिसिलिण्डर मूल्य ७८ रुपैयाँ घटेर आएको छ।
नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा २ रुपैयाँ नाफा छ भने डिजेलमा ९ रुपैयाँ ५० पैसा अझै घाटा छ। यस्तै एलपीजीमा ५ सय रुपैयाँ प्रतिसिलिण्डर घाटा रहेको निगमको दाबी छ।