सुर्खेत। टिकटक बनाउने क्रममा डुंगाबाट खसेर तालमा डुबेर वेपत्ता भएका बेदबहादुर बस्नेत मृत भेटिएका छन्। नेपाल सशस्त्र प्रहरी बलको गोताखाेर टोलीले उनलाई बुधबार दिउँसाे १ बजे मृत फेला पारेको हो।
सल्यानको कुपिण्डे तालमा डुबेर कपुरकोट गाउँपालिका-६ सिनबाङ घर भई हाल तुलसिपुर उपमहानगरपालिका ६ का बस्नेत मंगलबार दिउँसोदेखि बेपत्ता भएका थिए।
बाबियाचौर प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक सनत कुमार शाहका अनुसार मृत भेटिएका बस्नेतको शव जिल्ला अस्पताल सल्यानमा लिई पोष्टमार्टम गरिएको छ।
प्रहरीका अनुसार बस्नेत मंगलबार वैदेशिक रोजगारीको शिलशिलामा दुबईमा चिनजान भएका धादिङको खानीगाउँ गाउँपालिका ३ घर भएका ३२ वर्षीय मुलबहादुर तामाङलाई लिएर कुपिण्डे ताल घुम्न आएका थिए।