सुर्खेत। पहिराेले अवरूद्ध भएकाे सुर्खेत–जुम्ला कर्णाली राजमार्ग ४ घण्टापछि खुलेकाे छ।
कालिकोटको खाँडाचक्र नगरपालिकाको जितेमा पहिराेले राजमार्ग अवरूद्ध भएकाे थियाे।
जिल्ला प्रहरी कार्यालयले कालीकाेटका अनुसार मंगलबार बिहान पहिरो खसेसँगै अवरूद्ध भएकाे राजमार्ग ४ घण्टापछि खुलेकाे हाे।
राजमार्ग अवरुद्ध भएसँगै सुर्खेतदेखि जुम्लाका लागि छुटेका सवारी साधनहरु बीचमै रोकिएका थिए।