सुर्खेत। सल्यानमा रुखमा चढेर आँप टिप्ने क्रममा अरिंगालको टाेकाइबाट युवकको मृत्यु भएको छ।
जिल्लाको शारदा नगरपालिका–१ दारिमचौर निवासी २६ वर्षीय कृष्ण थापाको अरिंगालको टाेकाइबाट मृत्यु भएको हो। शनिबार दिउँसो रुखमा चढेर आँप टिप्ने क्रममा थापालाई अरिंगालले टोकेको थियो।
अरिंगालले टोकेपछि उनको अवस्था गम्भीर रहेको थियो ।
शारदा नगरपालिका १ श्रीनगरस्थित कर्णाली अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ।
अरिंगालले टोकेका बिरामीको उपचार सम्भव नभएपछि विगतदेखि नै जिल्लाका धेरैले ज्यान गुमाउँदै आएका छन्।