सुर्खेत। ट्र्याक खुलेको तीन दशकपछि सडक स्तरोन्नती गर्न सुरु गरिएको छ। सुर्खेतको पश्चिम भागमा पर्ने मुख्य सडकको स्तरोन्नती गर्न लागिएको हो।
बड्डीचौर–विद्यापुर–बेनीघाट सडक खण्डकाे २०५१ सालमा ट्र्याक खोलिएको थियो। ट्र्याक खोलेको ३० वर्षपछि स्तरोन्नतिको प्रक्रिया अगाडि बढेको छ।
तत्काललाई बड्डीचौरदेखि खम्बागाडेसम्मको १२.६ किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का भएको छ। उक्त खण्ड कालोपत्रे गरिनेछ।
४२ करोड ४७ लाख ६१ हजार रुपैयाँमा एएनके जयदेवी जेभीले यसको ठेक्का पाएको छ। पूर्वाधार विकास निर्देशनालय र उक्त निर्माण कम्पनीबीच असार १४ गते सम्झौता भएको हो।
२०८१ असार २४ गतेसम्म काम सक्ने सम्झौता भएको छ ।
ठेक्का भएपछि बिहीबार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले उक्त कार्यको शिलान्यास गरेका छन् ।