सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले बैंकसँग पुनः कर्जाको माग राखेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकको सुर्खेतस्थित कार्यालयमा धर्ना दिँदै दुई बुँदे माग प्रस्तुत गरेका हुन् ।
मुलुकलाई दोस्रो श्रीलंका हुनबाट जोगाउने दायित्व बैंकहरुको पनि भएकोले निजी क्षेत्रको उपस्थिति र अस्तित्व जोगाउन बैंकहरु अग्रसर हुन आग्रह गर्दै संघका पदाधिकारी एक घण्टा धर्ना बसेको थिए ।
उद्योग वाणिज्य संघले बैंकहरुले यसअघि प्रवाह गरिएको कर्जामा ग्राहकको माग र आवश्यक्ता बमोजिम न्यूनतम व्याजदर कायम गरी निश्चित प्रतिशत पुनः कर्जाको अविलम्व व्यवस्था गर्नुपर्ने र यस वर्ष बैंक व्याजको किस्ता तिर्ने समय कम्तिमा ६ महिना थप गर्नुपर्ने माग राखेका छन् ।