सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ३२ अर्ब ६१ करो ६१ करोड ६१ लाख ६३ हजारको बजेट ल्याएको छ । बुधबार आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले प्रदेश सभामा पेश गरेका हुन् ।
प्रस्तुत बजेटमा चालु तर्फ ९ अर्ब १६ करोड ९९ लाख १० हजार अर्थात २८.११ प्रतिसत र पुँजीगत तर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार अर्थात ६९.५८ प्रतिसत बजेट विनियोजन गरिएको छ ।
साथै, स्थानीय तह वित्तिय हस्तान्तरणतर्फ चार अर्ब १ करोड ५७ लाख २९ हजार अर्थात १२.३१ प्रतिसत बजेट विनियोजन गरिएको छ ।
विनियोजित बजेटको आम्दानी स्रोत अन्र्तगत आन्तरिक राजश्वबाट ७१ करोड २९ लाख ७४ हजार र चालु आर्थिक वषको खर्च नभै बचत हुने अनुमान ४ अर्ब ५५ करोड ४५ लाख ८५ हजार गरिएको छ ।
संघीय सरकार राजश्व बाँडफाटबाट प्राप्त हुने रकम ९ अर्ब २ करोड २० लाख, वित्तिय समानीकरणबाट प्राप्त हुन आएको रकम १० अर्ब ७२ करोड ६४ लाख, सशर्त अनुदानबाट ५ अर्ब ६९ करोड ६७ लाख परिचालन, संघीय सरकारको समपुरक अनुदानतर्फ १ अर्ब २१ करोड ५० लाख, संघीय सरकारको विशेष अनुदानतर्फ ६६ करोड ८० लाख परिचालन गरिने छ भने बैदेशिक सहायताबाट प्राप्त हुने अनुमान २ करोड ५ लाख ४ हजार परिचालन हुने अनुमान गरिएको मन्त्री विष्टले जानकारी दिए ।