काठमाडाैं । नबिल बैंकको नाममा नक्कली फेसबुक एकाउन्ट बनाएर भ्रामक सूचना सम्प्रेषण भएको पाइएको छ। नबिल बैंकले नै एक सूचनामार्फत आम ग्राहक र जनसमुदायलाई सचेत गराएपछि यसबारे खुलासा भएको हो।
फेक अकाउन्टबाट नगद उपहार परेको जस्ता भ्रामक सूचना प्रवाह भएको पाइएको भन्दै बैंकले भ्रममा नपर्न आग्रह गरेको छ। नक्कली अकाउन्टबाट प्रेषित भ्रामक सूचना ठगीको नियतका साथ सम्प्रेषण भएको हुनसक्ने भएकाले सचेत हुनुपर्ने देखिएको छ।