सुर्खेत । काेहलपुर सव-स्टेशन अर्न्तगतकाे विद्युत सेवा ३ घण्टा अवरूद्ध हुने भएकाे छ । बुधबार विहान ४ बजेदेखि ७ बजेसम्म विद्युत सेवा अवरूद्ध हुने भएकाे हाे ।
नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रका अनुसार काेहरपुर सव-स्टेशनमा रहेका ६३ एमभिएकाे ट्रान्सफर्मर बुसिंग मर्मत गर्न लागिएकाे हाे । साे अर्न्तगत काेहलपुर, राझा, सम्झना, चिसापानी, औद्याेगिक-११ केभि, धामपुर ३३ केभि, सुर्खेत ३३ केभि र नेपालगञ्ज-१ मा विद्युत अवरूद्ध हुने छ ।