सुर्खेत । सुर्खेत जिल्लाका नौं वटै स्थानीय तहका प्रमुख र अध्यक्षहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार जिल्ला समन्वय समितिको हलमा सपथ लिएका हुन् ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्र्तगत निर्वाचित पदाधिकारीलाई मुख्य निर्वाचन अधिकृत एवम् न्यायाधिश डा. राजेन्द्रकुमार आचार्यले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।
नौं स्थानीय तह रहेको सुर्खेत जिल्लामा पाँच नगरपालिका र चार गाउँपालिका रहेका छन् ।
सुर्खेतका पालिका प्रमुख र अध्यक्षमा नेपाली कांग्रेसले गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका, लेकवेशी नगरपालिका, बराहताल गाउँपालिका विजय प्राप्त गरेको छ भने नेकपा एमालेले वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, सिम्ता गाउँपालिका र चिंगाड गाउँपालिकामा विजय प्राप्त गरेको छ । साथै, नेकपा माओवादी केन्द्रले चौकुने गाउँपालिकामा विजय प्राप्त गरेको छ ।