सुर्खेत । दैलेखको आठबीस नगरपालिकाका नवनिर्वाचित प्रमुख र उपप्रमुखले आगामी तीन वर्षमा नगरपालिकाका सबै नागरिकको घरमा विद्युत पु¥याइने प्रतिबद्धता जनाएका छन् । मेयर तर्कबहादुर बडुवालले पदभार ग्रहण गर्दै हरेक नागरिकको घरमा विद्युत बाल्ने पहिलो निर्णय गरेका हुन् ।
‘हरेक बस्तीमा सडकको पहुँच करिब पुगेको छ । बनेका सडकहरुलाई बाह्रैमहिना चल्ने खालको बनाउन स्तरोन्नति गर्ने योजना बनाएका छौं । अबको हाम्रो लक्ष्य भनेको सबै जनताको घरमा बिजुली पु¥याउने लक्ष्य हो’, मेयर बडुवालले भने, ‘बिजुली गाउँबस्तीमा पु¥याउँदा उद्योगहरु खुल्ने र त्यसबाट जनतालाई रोजगारीका अवसर वृद्धि भई आठबीसको समृद्धिको आधार तयार हुनेछ ।’
उनले राकम कर्णालीमा टेलिफोन समस्या विद्यमान रहेको बताउँदै समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताए ।
यस्तै उपप्रमुख कल्पना थापाले आठबीसका गर्भवती तथा सुत्केरी महिलाहरुका उद्धारका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिने बताइन् । उनले गरेको पहिलो निर्णय गर्भवती तथा सुत्केरी महिलाले उपचारका लागि एम्बुलेन्स सेवा निःशुल्क प्रदान गर्ने भएको हो ।
शुक्रबार एक कार्यक्रमबीच नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षसहित ४७ जना जनप्रतिनिधिले पद तथा गोपनीयताको सपथसमेत लिएका छन् ।