दैलेख (महाबु) । स्थानीय तह निर्वाचन अन्र्तगत दैलेखको महाबु गाउँपालिकाले अग्रता लिएको छ । प्राप्त मत परिणाम अनुसार नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा भैरहेको छ ।
निर्वाचन अधिकतृत विरेन्द्र बहादुर केसीका अनुसार तीन वडाको मत गणना भैसक्दासम्म अध्यक्ष पदमा नेपाली कांग्रेसका तर्फबाट लक्ष्मण गुरुङ्गले एक हजार सात सय ७० मत लिएर अग्रता कायम गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी हरि प्रसाद उपाध्यायले एक हजार पाँच सय ७४ मत र एकिकृत समाजवादीका जंगबहादुर शाहीले ६ सय ७४ मत प्राप्त गरेका छन् ।
यस्तै, गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकै मन्जु पाण्डेले अग्रता लिएकी छन् । उनले एक हजार आठ सय ५४ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी एमालेकी दुर्गाकुमारी सिंहले एक हजार चार सय ३० र एकिकृत समाजवादीकी पुन्यप्रभा दशौंदीले पाँच सय ७९ मत प्राप्त गरेका छन् ।
अहिले महाबु गाउँपालिका–३ को मत गणना भैरहेको निर्वाचन अधिकृत केसीले बताए ।