यस्ताे छ काँग्रेस वीरेन्द्रनगरकाे चुनावी संकल्प

सुर्खेत। स्थानीय तह निर्वाचन २०७९ का लागि नेपाली काँग्रेसले वीरेन्द्रनगर घोषणापत्र जारी गरेको छ। जिल्ला कार्य समिति र वीरेन्द्रनगर नगर कार्यसमितिको तर्फबाट चुनावी घोषणापत्र जारी गरिएको हो।
घोषणापत्रमा घरदैलोमै स्वास्थ्य सेवादेखि नगर यातायात सञ्चालनको प्रतिबद्धता समावेश गरिएका छन्।

स्वास्थ्यतर्फ स्वास्थ्य संस्थाबाट टाढा रहेका बस्ती र घरका गर्भवतीका लागि घरमै टेलिमेडिसिन सेवा उपलब्ध, विकट वडाका लागि छुट्टै एम्बुलेन्सको व्यवस्था, प्रत्येक वडामा मासिक रुपमा स्वास्थ्य शिविर सञ्चालन, स्वास्थ्य संस्थासम्म आउन नसक्नेहरुका लागि निजी क्षेत्रसँगको सहकार्यमा होम केयरको व्यवस्था गर्ने प्रतिबद्धता गरिएको छ।
यस्तै नगरपालिकाका सबै परिवारको स्वास्थ्य बीमा गर्ने, सुत्केरी महिलालाई एक हजार रुपैयाँ सुत्केरी सहायक भत्ताका रुपमा उपलब्ध गराउने, नगर अस्पतालमार्फत जेष्ठ नागरिकहरुको निशुल्क उपचार गर्ने, महिला स्वास्थ्य स्वयम्सेवीकालाई आफ्नो सेवा क्षेत्रभित्रका नागरिकहरुलाई मौसमअनुसार लाग्ने स्वास्थ्य शिक्षा महिनामा एक पटक दिने, निशुल्क सवबहानको व्यवस्था गर्ने प्रतिबद्धता पनि नेपाली काँग्रेसले आफ्नो घोषणा पत्रमा गरेको छ।
असल शासन र जवाफदेहितातर्फ प्रविधिमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै अधिकतम सेवाहरु वडा तहबाट प्रवाह गर्ने, हरेक महिनाको ७ गते नगर कार्यपालिकाको अनिवार्य वैठक बस्ने, वैठकको जानकारी आम नागरिकसम्म पु¥याउने, आयोजना तथा कार्यक्रमहरुको सामाजिक परीक्षण अनिवार्य गर्ने, नागरिकबाट प्राप्त गुनासो अभिलेखीकरण गर्ने र कारबाहीको लागि छुट्टै संयन्त्र निर्माण गर्ने, जनप्रतिनिधि र नागरिक सम्मिलित अनुगमन संयन्त्र निर्माण गर्ने प्रतिबद्धता गरिउको छ।
अपांगता भएको, फरक क्षमता भएका, ज्येष्ठ नागरिक, अशक्त, गर्भवती, सुत्केरी, दीर्घरोगी मानिसका लागि घरदैलोमै सेवा उपलब्ध गराउने।
शिक्षा, युवा तथा खेलकुदतर्फ सार्वजनिक विद्यालयमा पढाईको गुणस्तरमा सुधार गर्दै भौतिक पूर्वाधार सम्पन्न बनाउने, विद्यालयमा निर्माण हुने संरचना अपाङ्गतामैत्री र लैङ्गिकमैत्री बनाउने, प्रत्येक विद्यालयमा विद्यार्थीले सिकेका कुराहरुलाई आफ्ना अभिभावक र आम नगरवासीसम्म पु¥याउनका लागि ‘सिकाई मेला’ सञ्चालन गर्ने, विद्यार्थीहरुको ज्ञान, सीप र उत्प्रेरणाका लागि विभिन्न विधाका विज्ञहरुलाई ‘अतिथि शिक्षक’का रुपमा आमन्त्रण गर्ने प्रतिबद्धता जनाईएको छ।
विभिन्न पेशा र व्यवसायमा संलग्न स्थानीय र राष्ट्रिय व्यक्तित्वहरुलाई विद्यार्थीसँग जोड्नका लागि ‘विद्यालयमा एक दिन’ कार्यक्रम सञ्चालन गर्ने, विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गर्ने, प्राविधिक तथा व्यवसायीक शिक्षामा जोड …