सुर्खेत । कर्णालीमा सत्ता गठबन्धन दलहरुको बैठक अझै टुंगिएको छैन । दुई जिल्लामा भागबण्डा नमिल्दा बैठक नटुंगिएकाे हाे ।
कर्णालीका १० जिल्लामध्ये आठ जिल्लामा गठबन्धनबीच भागबण्डा सहमति भैसकेको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिईन् ।
केसीका अनुसार सहमति जुट्न नसकेका जिल्लाहरु रुकुम पश्चिम र सुर्खेत रहेका छन् । यी दुई जिल्लाको भागबण्डा मिलाउन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका जनार्दन शर्मा लगायतका शिर्ष नेताहरुबीच छलफल चलिरहेको छ ।