सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले छाडा पशु व्यवस्थापन गर्न गौशाला निर्माण गर्ने भएको छ । नगरपालिकाको वडा नम्बर -११ स्थित प्रशान्ती धार्मिक वन क्षेत्र भेरी किनारमा गौशाला निर्माण गर्ने भएको हो ।
सामुदायिक पशुपालन तथा पर्यावरणीयका लागि गौशाला व्यवस्थापन सम्बन्धी नगरपालिका र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबीच दुईपक्षीय सम्झौता भएको छ । शुक्रबार (आज) मुख्यमन्त्री कार्यालयको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम र नगरपालिकाका तर्फबाट दुईपक्षीय हस्ताक्षर भएको हो ।
सम्झौतामा छाडा पशु व्यवस्थापन गर्न गौशाला निर्माण गर्ने, छाडा पशु व्यवस्थापनलाई दिगो बनाउन गाईगोरुको लगत संकलन तथा ट्यागिङ्ग गरि नियमन गर्ने र गाई गोरुको गोवर तथा गहतलाई मलका रुपमा प्रयोग गरि पर्यावरणीय आय आर्जनमा टेवा पु¥याउने उद्देश्य राखिएको वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले जानकारी दिए ।