काठमाडाैं । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ।
बिहीबार बिहान करिब १० बजे सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएकाे छ ।
प्रहरीका अनुसार ६ जना घाइतेको उद्दार गरी अस्पताल पुर्याइएको छ भने मृतककाे सनाखत हुन बाँकी छ ।