सुर्खेत । सत्तारूढ पाँच गठबन्धन दलले सुर्खेतमा पनि चुनावी तालमेल गर्ने निर्णय गरेका छन् । नेपाली कांग्रेस, माओवादी, नेकपा एस, जसपा र जनमोर्चाले सुर्खेतका सबै पालिकामा गठबन्धन बनाएर जाने निर्णय गरेका हुन् ।
सुर्खेत जिल्लाका नौ वटै पालिका, कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिमा समेत तालमेल गरी जाने निर्णय गरिएकाे बैठकपछि जारी विज्ञप्तीमा जनाइएकाे छ ।
सबै दलबाट १० जनाको संयन्त्र बनाएर गठबन्धनको मूल मर्म अनुसार अघि बढ्न कायकर्तालाई निर्देशन समेत दिइएको छ ।
विज्ञप्तिमा नेकपा एसबाट मोहन बडुवाल, कांग्रेसबाट जिल्ला सभापति खड्ग बहादुर पोख्रेल, माओवादीबाट जिल्ला इन्चार्ज झकबहादुर मल्ल, राजमोबाट गोविन्द सुवेदी र जसपाबाट टोपबहादुर दर्लामीले हस्ताक्षर गरेका छन् ।
यसअघि कर्णालीका जाजरकाेट र दैलेखस्थित सत्तारूढ गठबन्धन दलहरूले तालमेल गरी चुनावमा जाने निर्णय गरिसकेका छन् ।
सम्बन्धित समाचार
https://shilapaper.com/%e0%a4%a6%e0%a5%88%e0%a4%b2%e0%a5%87%e0%a4%96%e0%a4%ae%e0%a4%be-%e0%a4%9a%e0%a5%81%e0%a4%a8%e0%a4%be%e0%a4%b5%e0%a5%80-%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a5%87%e0%a4%b2-%e0%a4%97%e0%a4%b0/1269/
https://shilapaper.com/%e0%a4%9c%e0%a4%be%e0%a4%9c%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a5%87%e0%a4%9f%e0%a4%ae%e0%a4%be-%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a5%87%e0%a4%b2-%e0%a4%97%e0%a4%b0%e0%a5%80-%e0%a4%a8%e0%a4%bf/1259/