काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा आइतबार विषेश अदालतमा भ्रष्ट्राचारको मुद्दा दायर गरेको छ ।
पूर्व सचिव समेत रहेका श्रेष्ठ २०७० सालमा बनेको तत्कालिन खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा मन्त्री थिए । उनलाई सार्वजनिक सेवा प्रवेश गरेयता अकुत सम्पत्ति आर्जन गरेको अभियोग छ ।